जीवन के हो भनी सोध्छु म यहाँ
शीतल छहारी हो कि उकुसमुकुस छाया
एउटाले भन्छ सुख शीतल, शान्ति, मिठो सपना
अर्काले भन्छ अन्धकार, दुख, पीडा अनि घटना।
जीवन के हो भनी सोध्छु हो एक जवानी
अन्तरमनको सङ्घर्ष वा विश्वासको कहानी
एउटा भन्छ जीवन सङ्घर्ष उकाली ओरालीको पाटो हो
अर्को भन्छ जीवन विश्वास, अविश्वास र आत्मज्ञानको बाटो हो।
जीवन के हो ? सोध्छु म भईकन अलि बाठो
सास फेर्छौँ प्रेम, आशा, प्रेरणाको मिठो हातो
एउटा भन्छजीवन अनुभव आशा, सफलताको किरण
अर्को भन्छ जीवन आँसु, अन्धकार, अनन्य विवरण।
सबै सत्य छन् सबै हाम्रो जीवनको कथा
जीवनको बहुअर्थता यो हाम्रो ममता
सूर्यको किरणमा हरियाली फुल्दै
चन्द्रको शीतलतामा सुख,शान्ति, समृद्धि छाउँदै।
जीवनको यो खेल सपना बिपनामा
हाम्रो आफ्नै गीत आफ्नै जीवन यापनमा
जान्नु–बुझ्नु आफै आफ्नै जीवन
बनाउन रमाइलो र स्वच्छ निर्माण।