म तिमीभन्दा धेरै फरक हुँला
मलाई आफ्नो रंगमा बदल्छौ नि होइन?
पागल जस्तै छु अनि हैरान र दिक्क पनि
तिमी भन मलाई सम्हाल्छौ नि होइन?
धेरै बोल्न आउँदैन मलाई
मेरो मौनताबाट भाव चोरी गर्छौ?
म सानो-सानो कुरालाई धेरै सोच्छु
तिमी बस् आएर मेरो कपाल मुसारिदिन्छौ?
म कुनै दिन तिम्रो सामु रोएँ भने
मलाई कमजोर त सम्झिन्नौ नि?
मलाई हल्लाखल्ला मन पर्दैन
क्लबको सट्टा मेरो साथमा मन्दिर जान्छौ नि?
म धेरै डराउँछु सम्बन्धलाई लिएर
तिमी मेरो हात समाएर हिँड्न सक्छौ नि?
यो दुई पलको साथमा म विश्वास गर्दिनँ
तिमी जिन्दगी भरिको लागि मेरी बन्छौ नि?
मैले हामी दुईलाई लिएर धेरै सपना देखेको छु
के तिमी पनि मसँगै त्यो सपना देख्न चाहन्छौ?
मैले तिमीलाई केही भनिनँ भने पनि
के तिमी इशाराबाटै मलाई बुझ्न सक्छौ?
मलाई माया गर्ने तरिका नआउला
तिमी बिस्तारै मलाई सिकाइदिनु
मलाई भिडियो कलभन्दा प्रत्यक्ष भेट्न मन पर्छ
आफ्नो समयबाट मेरो लागि पनि अलिकति निकालिदिनू।
थाहा छैन आफ्नो परवाह मलाई एक रत्ती छैन
तिमी मेरो ध्यान राख्न सक्छौ नि होइन?
मलाई आफ्नो लागि कपडा समेत छान्न आउँदैन
तिमी मेरो दराज सजाउँछौ नि होइन?
म तिमीभन्दा धेरै फरक हुँला
मलाई आफ्नो रंगमा बदल्छौ नि होइन?
पागल जस्तै छु अनि हैरान र दिक्क पनि
तिमी भन मलाई सम्हाल्छौ नि होइन?