Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, भदौ २९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

ऐँठन!

वासुदेव पन्थी ‘देवस्मृति’

भदौ २७

साँच्चि
म सपनामा छु
या बिपनामा?
न निदाएको छु
न म ब्युँझेको नै छु
सायद यो हुन सक्छ
ऐँठन।
 
यी आँधी तुफानहरू
यी हुरी हुन्डरीहरूले
कुन दिशा लिँदै छन्
बरालिँदै छु म अन्यमनस्कतामा
यो तरलताले
म आफैँ तरल भइसकेँ
यो वाष्पीकरणले
म आफै बाफ भइसकेँ
उडिरहेको छु बेलगाम।
 
पिरोलिरहेको छ
यो दिशाहीनताले
यो अन्त्यहीन सिलसिलाले
दबाइरहेका छन् घाँटी
मुर्कट्टाहरूले
मुर्छित छ मन
चिच्याउन खोजिरहेको छु
निस्किरहेको छैन शब्द
घाँटीबाट, ओठबाट।
 
चाहेको छ मनले-
आकाश भरिका ताराहरू
अञ्जुली भरिका आशा
कलकल नदी र झरना
चम्किला हिम खण्डहरू
र सगरमाथाको पूर्ण उचाइ।
 
अब
छिट्टो टुङ्गियोस् यो-
मुर्दामय परिवेश
अन्त्यहीन सिलसिला
सकियोस् तन्द्रा
अब टुटोस्
ऐँठन।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:५२
सिफारिस
प्रधानमन्त्री कार्कीले अहिलेसम्म कसैलाई गरेकी छैनन् मन्त्री 'अफर'
प्रधानमन्त्री कार्कीले अहिलेसम्म कसैलाई गरेकी छैनन् मन्त्री 'अफर'
नेपालको इतिहासकै पहिलो 'फर्स्ट जेन्टलम्यान'
नेपालको इतिहासकै पहिलो 'फर्स्ट जेन्टलम्यान'
यसपालि विध्वंसको सबै क्षति बीमा कम्पनीले बेहोर्छन्?
यसपालि विध्वंसको सबै क्षति बीमा कम्पनीले बेहोर्छन्?
कांग्रेस अब कसरी अघि बढ्ला? कसको नेतृत्वमा चुनावमा जाला?
कांग्रेस अब कसरी अघि बढ्ला? कसको नेतृत्वमा चुनावमा जाला?
रवि लामिछाने कारागार फर्कने
रवि लामिछाने कारागार फर्कने
प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तताप्रति हामी गम्भीर छौंः एमाले
प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तताप्रति हामी गम्भीर छौंः एमाले
प्रतिक्रिया दिनुहोस्

विचार

सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP