अर्को रिसाउँदा आफू रिसाउनु हुँदैन
रिससँग रिसलाई मिसाउनु हुँदैन
अर्को चिच्याउन्जेल आफू बोल्नु हुँदैन
उसको तातोमा आफूलाई पोल्नु हुँदैन
रिसाउँदा रिसले त आफैलाई खान्छ
मूर्ख मूर्खलाई नै यो रिसले छान्छ
न त रिसको आँखा न हुन्छ कान
जति यो बढ्छ त्यति घटाउँछ मान
रिसले न साथी न त परिवार भन्छ
सम्झाऊँ भन्यो त्यो झन् क्रूर बन्छ
राक्षसीपन देखाउँदै दाह्रा चपाउँछ
गाली गरिरहन्छ सद्बुद्धि गुमाउँछ
सोच्ने शक्ति भ्रष्ट पार्ने रिस ठुलो शत्रु
छरछिमेक भन्छन् यो कस्तो पत्रु
यो रिस उठेपछि सेलाउन लाग्ने बेर
विध्वंस विनाश कस्तो यसको आबुई डर
नरिसाउनु कहिले साह्रै नराम्रो बानी
कहिले हुन्न भलो गरिरहन्छ हानी
अर्काको रिस खप्न नसकी रिसाउनु हुँदैन
नराम्रो वचन सुनी आँखा चिसाउनु हुँदैन
अर्को रिसाउँदा आफू रिसाउनु हुँदैन
रिससँग रिसलाई मिसाउनु हुँदैन
अर्को चिच्याउन्जेल आफू बोल्नु हुँदैन
उसको तातोमा आफूलाई पोल्नु हुँदैन।