नौ-नौ महिना
आफ्नो गर्भमा राखेर
आफ्नो रगतले मेरो
पोषण गर्यौ
जब सानो थिएँ
तब
आफ्नो छातीको
अमृतधारा पिलायौ
कसरी वर्णन गरौँ आमा
म तिम्रो मायाको
तिम्रो त्यागको
अनि
तिम्रो बलिदानको?
तिमी साँच्चिकै
महान् छ्यौ
आफू भोकै बसेर पनि
सन्तानको भरपोषण गर्ने
तिम्रो महानताको वर्णन
शब्दमा समेटिँदैन आमा
तिमीभन्दा महान्
यो संसारमा
अर्को कोही हुन सक्दैन
मलाई चोट लाग्दा
तिमीलाई दुख्छ आमा
यो स्वार्थी संसारमा
तिम्रो निःस्वार्थ मायाको
कुनै वर्णन हुन सक्दैन आमा।