सुन न, तर्कले जित्नुभन्दा पहिला
मायालु व्यवहारले जित्न मन छ
जहाँ तिमी एक्लो महसुस गर्छौँ नि
त्यति बेला म तिम्रो साथमा हुन मन छ
जीवन त हो कहिलेकाहीँ दुःख पर्न सक्छ
र त हरेक कठिनाइमा तिमीलाई सम्हाल्न मन छ
सम्बन्ध पनि त हाम्रै हो
दुवै मिली सम्बन्धको कदर गर्नु छ
तिमी हुँदा संसार आफैसँग भए जस्तो लाग्ने
हात समाएर क्षितिजपारिको यात्रामा निस्कन मन छ।
तिम्रो सफलतालाई आफ्नै सफलता मानी
भगवानसँग मेरो होइन तिम्रो प्रगतिको कामना गर्न मन छ।
जीवनभर तिम्रो असल साथी बनी
यो जुनी मात्र होइन सातै जुनी एक अर्काको बन्न मन छ।