बा
त्यो काँधको
बोझ थेग्न सक्ने दिन
कहिले आउँछ?
पर्खाइ
त्यसै दिनको छ।
गलेका घुँडालाई सहारा
दिने दिन कहिले आउँछ?
पर्खाइ
त्यसै दिनको छ।
बा
तिम्रा रहर अनि
बाध्यता बिचको
सम्झौता तोड्ने
दिन
कहिले आउँछ?
पर्खाइ
त्यसै दिनको छ।
बा
त्यो खुइलिएको
तालुले भार बिसाउने
दिन कहिले आउँछ?
पर्खाइ
त्यसै दिनको छ।
बा
हताश, निरस
अनि चाउरिएको
त्यो अनुहारमा
मन्द मुस्कान सहितको
हाँसो छर्ने दिन
कहिले आउँछ?
पर्खाइ
त्यसै दिनको छ।