कविता:
धेरै देखेको छु, धेरै भोगेको छु
धेरै रोएको छु, धेरै सुनेको छु
धेरै मुटु धड्काएको छु, नसाहरू पड्काएको छु
धेरैपल्ट आँखाको आँसु, आँखीभौंमा लुकाएको छु
धेरैपल्ट हाँस्न खोजेको छु
म जिउँदै छु भनेर देखाउन खोज्दै छु
धेरैपल्ट फोन आउँछन् सापटी दिनेहरूका
म सोच्छु दिनैको लागि बाँचेको छु
धेरैपल्ट भनेको छु मर्नुभन्दा पहिला
पसिना, गर्मीसँग लड्दै छु
पसिनाले बगाएन भने, गर्मीले जलाएन भने
पसिनाको मूल्य लिएर, गर्मीको बाफ पिएर
पसिना र गर्मीबाट निचोरिएको पारिश्रमिकले
आफै भोको नाङ्गो भए पनि
मृत्युभन्दा पहिला माग्नेहरूलाई दिएर
लिनेहरूका खुसीका अनुहार हेरेर
तिनीहरूको खुसी देखेर आफू पनि
मुसुक्क हाँस्ने रहर छ
त्यो बेलासम्म मृत्युले बोलाएन भने
जहाज चढेर देश फर्कने चाहना छ
मृत्युले समाई हाल्यो भने
भाइरल नबाई दिनुहोला
परिश्रम गर्दागर्दै मृत्यु भयो भनेर
चित्त बुझाइ दिनु होला
म परिश्रम गर्दा गर्दै जहाँ मर्छु
त्यो मेरो लागि त्यहीँ स्वर्ग छ
जन्म पछि मृत्युको विकल्प छैन
मेरो जिन्दगीको भोगाइ र इच्छा यस्तै छ।