ब्याचलर पढ्दै गर्दा, यत्तिकैमा मलाई पनि प्रेम गर्ने मूड आउन थाल्याे। साथीलाई साधारण एक चिया पसल बाेलाएर साेधेँ 'यार याे लभ गर्ने कसरी?, कस्ता केटीहरूले हामीलाई हेर्छन्? अनि केटी पट्याउन जन्मजात कला नै लिएर जन्मनुपर्ने हाे?'
'ह्या लाटा त्यस्ताे कुरा कहाँ हाे र!,' चुराेटकाे सर्को तान्दै उसले भन्याे।
'अनि के हाे त', अलि ठूलाे आवाजमा मैले भनेँ।
'केटी पट्ट्याउन त फेसबुक, टिकटक, इन्स्टा चलाउनु पर्छ। अहिले त झन् स्न्यापच्याट, टिन्डरकाे जमाना आइसक्याे। कहाँ क्लासिक बनेर हुन्छ त? भन् तँलाई कति वटा केटीहरूकाे आइडी चाहियाे मसित छ।'
उसकाे याे प्रश्नले म एकछिन अक्कनवक्क भए के भन्ने, के भन्ने?
'हुन्छ मलाई दुई तीनटाको आइडी भए देऊ न त,' मैले फटाफट भनेँ।
उसले केही साथीलाई मेराे फेसबुकबाट खाेजी फ्रेन्ड रिक्वेस्ट पठायाे। यत्तिकैमा एक जनाकाे अकस्मात एसेप्ट भयाे।
त्यही सामान्य हाई हेल्लाेबाट कुरा अघि बढ्याे। करिब एक महिनापछि सँगै जिउने, मर्ने सम्मकाे कुरा भयाे। दुवैले कसम खायौं। तर केही समयपछि ऊ अचानक गायब भई त्यसपछि मैले चुराेटकाे लत लगाएँ।
कतै बिर्सन पाे सकिन्छ कि भनेर दाइहरूसित क्लब जाने, रक्सी पिउने गरेँ। तर पनि जति भुलाउन खाेज्छु उति उसकै याद आउने रहेछ। त्यसपछि गाँजा, गाेटी लिन थालेँ। करिब तीन महिनापछि मेराे टेक्स्ट् एसेप्ट भयाे र रिप्लाई आयाे।
'हाइ कस्ताे छाै तिमी? तिम्रो मेसेज आएकाे रैछ थाहा नै भएन।'
म फेरि कुरा गर्न चाहन्थेँ। फेरि त्याे रिलेसन ब्युँताउन खाेजेकाे थिएँ तर म हारेँ! ऊ पनि बिस्तारै विस्तारै टाढिन खाेज्थी। मैले पनि राेकिनँ किनकि प्रेमकाे नशाभन्दा बढी मलाई लागू पदार्थकाे लागिसकेकाे थियाे। अझ मैले आफूले आफैलाई सजाय दिनमा पूरा ध्यान दिन थालेँ। सायद म घायल भएँ वा भनूम् एक बेसहारा मान्छेझैं बनेँ।
त्यसपछि एकदिन मलाई मेराे घरबाट फाेन आयाे।
बुवाआमाले भन्नुभयो, 'के गर्दैछस्। अब त हामीसँग तँलाई दिन केही पनि छैन मात्र सुझाव र सल्लाह बाहेक। घरकाे अवस्था बिजाेक छ। यसपालिकाे बाली पनि सबै पहिरोले बगायाे। हामी पनि बुढाे हुँदै गयाैं। अब गाउँमा दु:ख गर्न सक्ने शक्ति हराउन थालिसक्याे। हाम्रो आशा त नै हाेस्। गाउँलेले कुरा गरेकाे सुनेकाे थिए। तँ त कुलतमा फसिस् रे। त्यत्रो पढ्न पठाएकाे पैसा के गर्छस् भन त। एक वर्ष भयाे कलेजको फि पनि तिरेकाे छैन रैछ तैंले? हाम्रो नङ र मासु जति चुसे पनि नपुग्ने भाे तलाई हैन?' भन्दै चटक्कै फाेन राख्नुभयाे।
म निराश भएँ। राेएँ। आफ्नाे औंला आफैले टाेकेँ, चिच्याएँ। अनि भाेलिदेखि सब छाड्ने निर्णय लिएँ। गाउँमै बसेर बुढा बाआमाकाे सेवा गर्ने प्रण गरेँ। बिहानकै टिकट काटेँ अनि घर गएँ।
एक महिनापछि गाउँ पनि उजाड लाग्न थाल्याे फेरि सहरकाे सम्झना आयाे। पढाइकाे महत्त्व बाबाकाे पसिनामा देखेँ। बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म निरन्तर मेलापात गरेकाे देखेँ।
खेत पहिराेले बगर बनाएकाे थियाे। बा-आमाले रगत र मासु घाेटाएर थाेपा थाेपा रकम जम्मा गर्दै मलाई पठाएकाे रैछ भन्ने सम्झेँ।
अबदेखि एक इमानदार र असल बन्ने निर्णय लिएँ।
त्यसपछि मेराे बिहेकाे कुरा चल्याे। 'यत्रो २८ वर्ष लागिसकिस् बिहे गर' भन्नुभयाे।
मैले बाबा आमाकाे खुसीसँग आफैमाथि सम्झौता गर्न उचित ठानेँ र भनेँ, 'हुन्छ म तयार छु तर एउटा सर्त छ।'
'के हाे सर्त भन त!'
'मेराे बिहे सामान्य हुनुपर्याे।'
'हुन्छ तेराे बिहे सामान्य नै हुन्छ,' बाबाकाे मलिन उत्तर थियाे।
किनकि हामीसँग राम्रो पैसा थिएन। सुनकाे भाउ अनि बढदाे मूल्यवृद्धिले घर धान्न पनि मुस्किल थियाे। गाउँकै एक साधारण केटीसँग मेराे विवाह सामान्य रूपमा सम्पन्न भयाे। त्यसपछि बल्ल सुरू भयाे हामी दुई बीचकाे प्रेम काहानी।
मसँग आधुनिक व्यावसायिक कृषि गर्ने याेजना थियाे भने उनी कृषिकै विद्यार्थी रहेछिन्। हामी खुसी साथ व्यावसायिक बाख्रा पालन गर्न लाग्यौं। अहिले बजारमा खसी बाेकाकाे राम्रो स्काेप छ। अघिल्लो वर्षमा करिब दस लाखकाे खसी बजार पठायाैं। अहिले हाम्रो कुखुरा फर्म पनि छ। करिब ३० जनालाई प्रत्यक्ष वा अप्रत्यक्ष राेजगार दिएका छाैं। हामी खुसी छाैं। असल जिन्दगीकाे प्रेम आर्थिक र सामाजिक स्तरले देखाउँछ भन्ने पढेकाे आज लागू हुँदैछ।
अहिले नयाँ प्रेमकाे खाेजमा एक सन्तान भइसकेकाे छ। हाम्रो प्रेमकाे निशानी हुन् छाेरी सीता।
असल जिन्दगीकाे माया प्रेम भन्नू नै यही रहेछ।