सपनाभरि आइदिन्छ्यौ बिपनामा हराउँछ्यौ
मनभरि डुलिरहन्छ्यौ तनभरि आइरहन्छ्यौ
सम्झनाका मात्र पलहरूमा मन हुन्छ गद्गद्
तिमी को हौ आफैमा घरी घरी घुमिरहन्छ।
कल्पनाका आँखाहरूबाट संसार हेरिरहन्छु
तिम्रा ती मुस्कानले संसारलाई भुलिदिन्छु
कल्पनाका मात्र पलहरूमा मन हुन्छ गद्गद्
तिमी को हौ आफैमा घरी घरी घुमिरहन्छ।
यादहरूमा आफैलाई हराए जस्तो लाग्छ
नदेखेर तिमीलाई आफै बिराएझैँ लाग्छ
कहाँ देखौँ कहाँ भेटौँ कुतकुती छ मनभित्र
तिमी को हौ आफैमा घरी घरी घुमिरहन्छ।
कल्पनामा तिमीलाई भेटौँ जस्तै लाग्छ
आफैलाई तिमीभित्र समेटौँ झैँ लाग्छ
कहाँ देखौँ कहाँ भेटौँ अनौठो छ कुतकुती
तिमी को हौ आफैमा घरी घरी घुमिरहन्छ।
कस्तो यो अनौठो प्रेम आफैलाई घुमाइरहन्छ
हरपल हर साँझ अनौठो खाँचो खट्किरहन्छ
अनभिज्ञ आँखाहरू आफ्नै जस्तै लागिरहन्छ
तिमी को हौ आफैमा आँखाभित्र घुमिरहन्छ।