तिमीले कहिले बगिरहेको खोला,
नदी, समुद्र देखेकी छौ?
कसरी हानिरहन्छ पानीको
छालहरूले यता-उता किनारतिर
अनि त्यो खोला र किनारको
सम्बन्धलाई सम्झेर केही लेखेकी छौ?
अहँ! लेखिकी छैनौ
किनकि तिमीलाई त्यो विषयमा थाहा छैन
त्यो माया प्रेम हो
खोला र किनारको एक साइनो हो
मैले लेखेर भन्छु
त्यस्ता गहिरा कुरा बुझ्दिनौ
तिमी सानै छ्यौ।
भन्न त भन्छ्यौ नि म तिमीलाई
माया प्रेम गर्छु भनेर
तर आजसम्म एक मिनेट पनि
मेरो नजिक आएर बोलेकी छौ?
मनका कुरा खोलेकी छौ?
कहिले मलाई समय दिएकी छौ?
अहँ! मैले समय माग्न पनि मिल्दैन
अनि तिमीबाट टाढा भाग्न पनि मिल्दैन
किनकि तिमी मलाइ प्रेम गर्छ्यौ
म तिमीबाट टाढिए रोएर मर्छ्यौ
माया त गर्छ्यौ नजिकबाट बोल्न
सँगै बस्न तिमी डर्छ्यौ।
एकोहोरो बनेकी छौ
तिम्रो हाउभाउ त्यस्तै देख्छु
मसँग नै छ तिम्रो प्रेम
तर तिमीलाई माया प्रेम के हो थाहा छैन
माया मोहको जालमा फस्ने उमेर भाछैन
म बुझ्छु नि तर पनि तिमी
माया प्रेमको डुबानमा परिसकेकी छौ
त्यो डुबानबाट
उम्कन गाह्रो भएको छ
तिम्रो अब मैले नै उद्धार गरिदिनु पर्छ
तिमी सानै छ्यौ।