यो पर्खाइ त हो
कति कठिन हुन्छ
तिमीले पर्खँदा पर्खँदै गर्दा
तिमीलाई भेट्न म आउने छु।
उत्सवमा चराहरूले गीत गाउनेछ
त्यो दिन
कोपिलामा रङ चढेपछि
फूलहरू मुस्कुराउनेछ
त्यो दिन जब
तिम्रो र मेरो भेट हुनेछ।
पर्खनु त कति पीडा छ
कति कष्ट झेल्नु पर्नेछ
यो समय पर्खनु बाहेक
अरू उपाय छैन
यो बर्खाको झरी देख्दा पनि
उदास लाग्न सक्छ तिमीलाई।
धैर्य गर, प्रतीक्षा गर
एउटा प्रेमीले
आफ्नो प्रेमिकालाई पर्खिरहेको छ वर्षौँदेखि
पर्खाइपछि त्यो मिठो क्षण
कति आनन्दित हुन्छ
प्रतीक्षा गर्नु त प्रेम गर्नु हो
माया गर्नु हो
विश्वास गर्नु हो
यो चलिरहेको बतास
यो दर्किरहेको पानी
यो फूलहरू
तिमीलाई याद गरिरहेको छ
विश्वास राख
म एक दिन अवश्य आउनेछु
यो समय तिमीले पर्खनु छ।