तिमी रिसाउँदा
मैले फकाउने अधिकार
मलाई नदेऊ न
सारै गाह्रो जिम्मेवारी लाग्छ मलाई
रिसाउँदा फकाउने
म त्यति खास नि छैन
मसँग तिमी रिसाउने
तिमी रिसाउँदा म फकाउने
को नै हुँ?
एक बटुवा?
एक भरिया?
जो बाटोमा हिँड्दै छ
सपनाको भारी बोकेर
क्षितिजपारि पुग्ने अठोटसहित
न आलमलाई देऊ न
फकाउने अधिकार दिएर
फेरि अर्को भारी बोकाएर
जीवन रहुन्जेल अघि
पुग्नु छ मलाई क्षितिजपारि
छर्नु छ बोकेका बीजहरू
बनाउनु छ नयाँ संसार
जहाँ मान्छे मान्छे बराबर होस्
जहाँ प्रेम साटा साट होस्
जहाँ सद्भावको कुनै मूल्य नहोस्
त्यसैले तिमी रिसाउँदा
मैले फकाउने अधिकार
मलाई नदेऊ न।