बलरामपुर एउटा सहरको नाम
बलशाहीहरूको आवास
बल देखाउने मेला
उताबाट चर्को गरी हुइयाँ
यताबाट चर्को गरी हुइयाँ
हल्लै हल्ला, चर्को चर्को आवाज
बुङ्ग धुवाँ धुलो
ट्याट्या र टुटुको सहरभरि कोलाहल
बलरामपुर हल्लै हल्लाको सहर
बलरामपुरमा मुखियाहरूको गद्दी बैठक बस्छ
गद्दी बैठकको प्रधान मुखिया
सहरका गल्ली चौडा गर्ने, गुड्ने होइन
फराकिलो हिँड्ने सहर बनाउने भन्छ
उबेला बलरामपुर
देवताहरू रमाउने सहर थियो
तीर्थालु र देवताहरूको खुला साक्षात्कार हुने
सहर र बहालका पुराना खुला सडक र चौडा गल्ली
नयाँ सडक र गल्ली बन्दै गर्दा साँघुरा भए
अब नयाँ सडक गुड्ने होइन
हिँड्ने खुला गल्ली बनाउनुपर्छ
भनेर प्रधान मुखियाले उर्दी गर्छ
खुला गल्ली बनाउनु पर्छ भन्ने
प्रधान मुखियाको उर्दीले शान्त बनेको
गद्दी बैठकको सभाको शून्यता चिर्दै
गोधुलीबाट भारदारीयाको
एउटा अविराम आवाज आउँछ
तीर्थालु र बटुवा हिँड्ने खुला गल्ली बनाउनू
सरकार, २२ नम्बरलाई अन्याय भयो
२२ नम्बरको सभ्यता
नयाँ सडकका साँघुरा हिँड्ने गल्ली हो
सरकार, बलरामपुरको २२ नम्बरको
नयाँ सडक गुड्नेहरूको सहर हो।