म गरिब छु, म बेरोजगार छु
म अन्धकार छु
देश पनि गरिब छ, जनता पनि गरिब छन्
जनता पनि बेरोजगार छन्
देश पनि अन्धकार छ
म युवा हुँ, म जनशक्ति हुँ
म देशभक्ति हुँ
देशले युवा खोजेको छ
देशले जनशक्ति खोजेको छ
देशले क्रान्ति खोजेको छ
देशले शान्ति खोजेको छ
अनि मैले
देशलाई गरिब नै छाडेर
जनतालाई गरिब नै छोडेर
एक्लै धनी बन्न देश छाड्नु हुँदैन
मैले देशमै बसेर, देश नै लुटेर
आफू धनी बन्न नपरोस्
विदेश गएर आफू धनी बनेर
देशलाई गरिब भएको पनि देख्न नपरोस्
देश गरिब म धनी बन्न नपरोस्
किनकि म युवा हुँ, म जनशक्ति हुँ
म देशभक्ति हुँ
त्यसैले मैले देशमै भविष्य खोज्न पर्छ
मसँग भएको ज्ञान देशलाई नै दिनपर्छ
परिवर्तनको निम्ति मेरो ज्यान देशलाई नै दिनपर्छ
देश बाँचे देशसँगै बाँच्न परोस्
देश गरिब रहे बरु म गरिब नै मर्न परोस्
कहिल्यै पनि देश गरिब म धनी बन्न नपरोस्
किनकि
म अत्याचारीको निम्ति डर हो
म न्याय प्रेमीको निम्ति शान्ति हुँ
म युवा हुँ, आफैमा क्रान्ति हुँ!