लाग्थ्यो,
दुःखहरू
कपाल फुलाउन आउँदै छन्
तर
चमक र कपालहरू
उमेरसँगै फुस्रिने पो रहेछन्।
आज,
पीरहरू
दुःखलाई साथ दिँदै छन्
तर
तालु र कपालहरू
नमिलेर छुट्टिने पो रहेछन्।
लाग्थ्यो,
औँलाहरू
फुलेका कपाल खोज्दै छन्
तर
खुसी र कपालहरू
गन्न सकिने पो रहेछन्।
आज,
रहरहरू
सेता कपालमै पलाउँदै छन्
तर
इच्छा र कपालहरू
खुइलिँदै जाने पो रहेछन्।