चड्किएको छ चट्याङ
दर्किएको छ पानी
लुकेको छ घाम
सुसाइरहेछ हावा
पक्कै आज
बादलले आकाशमाथि
विद्रोह गरेको हुनुपर्छ
झुकेका छन् रुख
बगेका छन् खोला
यस्तो जस्तो लाग्छ
सबै नतमस्तक छन्
बादलको विद्रोहमाथि
सधैँ छेक्न सक्दैन
बादलले घाम
सधैँ ढाक्न सक्दैन
कुहिरोले आकाश
सधैँ थर्काउन सक्दैन
चट्याङनले डाँडा
सधैँ बदल्न सक्दैन पानीले धार
बेला आउनुपर्छ
विद्रोहको लागि
बादलको विद्रोह
वर्षातमै हुनुपर्छ
जुनकिरीको विद्रोह
रातमै हुनुपर्छ
फलको विद्रोह
बोटमा हुनुपर्छ
जनताको विद्रोह
भोटमा हुनुपर्छ
तबमात्र अस्तित्व रहन्छ विद्रोहको
विद्रोहले सुरुआत गर्छ
नयाँ भविष्य
विद्रोहले अन्त्य गर्छ
पुरातन सोच
त्यसैले त विद्रोह
नयाँ अध्य्यायको गन्ती पनि हो
विद्रोह आफैंमा
एक क्रान्ती पनि हो
हो साँच्चै अहिले
विद्रोहको बेला हो
अहिले विद्रोह गर्नैपर्छ
केही नयाँ सुरुआतको लागि
विद्रोह सडकबाट हुनसक्छ
विद्रोह रगतबाट हुनसक्छ
त्योभन्दा बढी त
विद्रोह जनमतबाट हुनसक्छ
अब आउने चुना
केबल चुनाब मात्र होइन
देश बनाउने मेला पनि हो
राम्रा चुन्न एकपटक
हाम्रामाथि विद्रोह गरौँ
किनभने यो
विद्रोहको बेला पनि हो।