पर अलि पर
कसैको नजर नपुग्ने ठाउँमा
बाँसको झ्याङ नेर
आवाज दिइरहेछ कोही
कराइरहेछ कोही
रोइरहेछ कोही
सहयोगको याचनामा
वरपर सन्नाटा छ
मलिन आवाज हावाको बेगसँगै उड्दैछ
तर पनि कोही भएन सहयोग गर्ने
सायद समाज परिवर्तित भएर होला
भोलि समाचारको शीर्षक छ
छोरी भएपछि झ्याङमा शिशु फाली आमा फरार
आमाको मन कदापि यो हैन
समाजको छोरा कि छोरी भन्ने कसीमा
आमाको माया फिक्का भयो
आजको युगमा भनी गरिने भाषण नारा मात्र भयो
जुन युग भए पनि परिणाम उही भयो
परापूर्वकालमा पनि यही हुन्थ्यो आज पनि यही भयो
यसमा दोष कसको आमाको या छोरा खोज्ने परिवारको
वा समाजको वा शिशुको भाग्यको?