ओहो अचम्म यस्ता परिवार
यो के कस्ता भए
टेबुलमा बोत्तल, हातमा गिलास
समातेर बस्दा भए
ले ले अलिकति यस्सो
भन्नथाले बा'ले
साथीभाइ हल्लाखल्ला
चियर्स गर्नथाले
पारिवारिक मर्यादा भुलि
अज्ञानताको अन्धकारमा पुगि
इज्जत प्रतिष्ठा लाज शरम
मात्दै बौलाउँदै दिमागमा लगि
खै त्यो मर्यादा, खै त्यो संस्कार
सबै-सबै पोल्न थाले
जति-जति चढ्यो उति-उति
अंग्रेजी मात्रै बोल्न थाले
कोही नाचे कोही बोल्याबोलै
कोही बढी भएर ढले
रिसाए मन खुसी छैन अङ्ग
मृगौला जल्न थाले
केही गर्लान्, नाम राख्लान् भनेको
नराम्रो सिको मात्र जान्न थाले
आफ्नोपन छोड्दै छोड्दै
आफूलाई विदेशी नै ठान्न थाले
ठूलै होइन्छ नै जस्तो गरी
किन हो नराम्रो बानी बसाले
राम्रो समाज असल चरित्रदेखि
आफूले आफूलाई खसाले
जबदेखि यस्ता विदेश आए
पिउन पिलाउन थाले
ले ले अलिकति यस्सो
किन होला भन्नथाले बा'ले।