छ न त जन्मेकै ठाउँमा छु
तर, न अहिले मलाई हुर्काउनेको पाउँमा छु
न त बाल्यकाल बिताएको गाउँमा छु
म त छु तर खै आजभोलि कहाँ छु?
चरीले आफ्ना चल्लाहरूलाई आहारा लिन
जसरी उड्छन फर्फराउँदै पखेटा
हो त्यसरी नै पखेटा हालेर
छाडेर जन्मेको गाउँ
केही गरेर कमाउछु भन्दै आफ्नो नाम
परिवारलाई दिँदै आश्वासन
केही आशा बोकेर
गन्तव्य खोज्दै हिँडेको म
आजभोलि आफैं गन्तव्यविहीन भएको छु
रोएको छु हर रात
कहिले सपनीमा
त्योभन्दा धेरै बढी बिपनीमा।
आँखा छन्, अब आँखामा आँसु छैन
ओठ छन्, ती ओठमा हाँसो छैन
मनमा चोट छैन
दिलमा खोट छैन
नयाँ केही गर्न नोट छैन
पुरानै गरौंन त भने जोश छैन
कमाउनेहरू कमाइरहेका छन
मसँग कमाउन भोट छैन
यस्तै केही नभएर होला
आजभोलि
आफ्नै अनगिन्ती रहरबाट
आफ्नाहरूले मानेको केही भरबाट
आशा बोकी आएको यो सहरबाट
म हराएको छु।