तँ तँजस्तै भएर तँ भइस्
तँ जस्तो म हुन सकिनँ
म जस्तो पनि तँ हुन सकिनस्
त्यसैले त म मजस्तै भएँ
म मजस्तै भएर म भएँ
त्यसैले म जस्तो तँ हुन सकिनस्
त्यसैले त तँ र ममा फरक छ।
तँ फटाहा थिइस्
तँ ठग थिइस्
तँ ढोगी थिइस्
तँ स्वार्थी थिइस्
तँ पापी थिइस्
तँ लोभी थिइस्
तँ व्यभिचारी थिइस्
तँ सन्काहा थिइस्
तँ पागल थिइस्
त्यसैले तँ तँजस्तै भइस्
म मजस्तै भएँ।
म तँ जस्तो फटाहा छैन
म तँ जस्तो ठग होइन
म तँ जस्तो ढोगी छैन
म तँ जस्तो स्वार्थी होइन
म तँ जस्तो पापी छैन
म त तँ जस्तो लोभी छैन
म तँ जस्तो व्यभिचारी हैन
म तँ जस्तो सन्काहा छैन
म तँ जस्तो पागल होइन
त्यसैले तँ तँजस्तै भइस्
म मजस्तै भएँ।
म माग्थें, तँ चोर्थिस्
म दिन्थें, तँ लिन्थिस्
म काम गर्थें, तँ कुरा गर्थिस्
म सोझो थिएँ, तँ ठग भइस्
म लाटो थिएँ, तँ बाठो भइस्
म धर्मात्मा थिएँ, तँ पापी भइस्
म दानी थिएँ, तँ स्वार्थी भइस्
म सम्झाउँथें, तँ पागल भइस्
म मान्यताको कुरा गर्थें, तँ मूल्यको कुरा गर्थिस्
म ज्ञानको कुरा गर्थें, तँ अज्ञानको कुरा गर्थिस्
म सर्वव्यापी थिएँ, तँ अन्तर्मुखी भइस्
म सदाचारी थिएँ, तँ व्यभिचारी भइस्
त्यसैले तँ तँजस्तै भइस्
म मजस्तै भएँ।