कविता
बादल लाग्दैमा आज
घाम अस्तायो नभन्नू
बोलिनँ भन्दैमा तिमीसित
म रिसायो नभन्नू
म त सधैं तिमीलाई नै हेर्ने गर्छु
कहिलेकाहीँ आँखा झिम्काएँ भन्दैमा
मैले भुल्न खोजे नभन्नू।
खोल्सामा पानी जम्दैमा
त्यसलाई नदी नभन्नू
म उनीसित नजिकिएँ भन्दैमा
म तिम्रो होइन नभन्नू
म त सधैं तिमीलाई नै पाउने आश गर्छु
कहिलेकाहीँ मेरो अंगालोमा च्यापेँ भन्दैमा
तिम्रो स्वतन्त्रता लुटेँ नभन्नू।
तिमीले हेर्दा मैले हेरिनँ भन्दैमा
मेरा आँखाहरू अर्कै तिर मोडिए नभन्नू
तिमी बोल्दा म बोलिनँ भन्दैमा
मेरा ओठहरूले तिमीलाई चाहेनन् नभन्नू
तिमीले अँगालो हाल्दा मैले वास्ता गरिनँ भन्दैमा
मैले तिम्रो माया बुझिनँ नभन्नू।