कहिलेकाहीँ राम्रो हुन्छ
यत्तिकै निस्किन
कुनै गन्तव्य बिना
बस् हिँडिरहन।
जमिनको तन्नामा लड्न
आकाशको पछेउरा ओढ्न
बिना कुनै सोच
कुनै अन्जान यात्रामा निस्कन
अनि पर्खिन, बिना कुनै काम
गएर घण्टौँ बस्न
कुनै तालको पानी झैँ
वा कुनै झरनाबाट हाम फाल्न
सम्हालिन अनी थाकेर
जमिनमा पल्टिन
माटोमा मिसिन र पानीमा हराउन
कहिले तैरिन त कहिले बगिरहन।
कहिलेकाहीँ राम्रो हुन्छ
जन्जीरहरू तोड्न
कहिलेकाहीँ राम्रो हुन्छ
केही पनि नसोच्न
वा कुनै गहन चिन्तनमा डुब्न
आफ्नै कुनै अलग दुनियाँमा।
कहिलेकाहीँ राम्रो हुन्छ
बस् यत्तिकै मुस्कुराउन
पुरानो कुरामा यत्तिकै हाँसिदिन
छ न त लाखौं उल्झन छन् यो छोटो जिन्दगीमा
तर कहिलेकाहीँ राम्रो हुन्छ
जिन्दगीलाई यत्तिकै बाँचिदिन।