खोक्रा कागजका पन्नाहरूमा तिम्रो नाम कल्पेर केही समय बिताउने असफल प्रयासमा तल्लीन छु म आज। एक्कासी तिम्रो याद अमिट छाप बनेर मुटुको देब्रे पाटोमा घोच्न थालेपछि विवशताको भूँवरीमा पिल्सिँदै म यो समय तिम्रा लागि समर्पण गर्दैछु।
माया दुई अक्षरले बनेको शब्द हो। प्रयोगको हिसाबले नेपाली भाषामा मायाको सामान्य अर्थ वा एक व्यक्तिको अर्को व्यक्ति वा वस्तुप्रतिको आकर्षण हो।
खै कताबाट सुरू गरूँ? जहाँ प्रत्येक शब्द-शब्दहरू प्रेमिल भाव बनेर यो गलामा अड्किन्छन्। यो छाती चिरिन्छ। मुटु भक्कानिन्छ। अन्यासै समुन्द्रको भेल जसरी आँखाबाट अश्रुधारा बग्न थाल्छन्। अनि तिमीलाई सम्बोधन गर्ने कुनै शब्द नै पाउँदिनँ। त्यसैले त कोरा कागजमा मात्र भए पनि मनमा आएका शब्दहरूलाई यी कोमल हातहरूले प्रेमको कथा लेख्न अगाडि बढाइदिन्छन्।
जाने अमृत नजाने विष हो माया! माया,आ–आफ्नो अनुभवअनुसार फरक-फरक सुन्न सकिन्छ। कसैले आफूले गरेको अनुभवको आधारमा माया संसार हो भन्लान्, कसैले माया सबथोक हो भन्लान्, कसैले माया जीवन हो भन्लान्, त कसैले माया रोदन हो भन्लान्। जे भने पनि आजसम्म मायाले आधिकारिक रुपमा आफ्नो अर्थ प्राप्त गर्न सकेको छैन।
कसैलाई पागल बनाइदिएको छ यही मायाले, कसैलाई सफल बनाइदिएको छ यही मायाले, कसैलाई कमजोर बनाइदिएको छ यही मायाले, अनि कसैलाई सहनशील बनाइदिएको छ यही मायाले।
खै तिम्रो मायाले मलाई सफल असफल के बनायो त्यो त म भन्न सक्दिनँ। मैले तिमीलाई कति प्रेम गरें त्यसको जवाफ पनि मसँग छैन तर प्रेमको नाममा 'प' पनि नजानेको म तिमीलाई निर्विरोध प्रेम गरिरहें।
हो, सोचेको पनि छैनौँ होला म कसरी भावनामा डुब्छु भनेर! सोच्ने पनि कसरी? एक नजरमा मात्र अल्झेको म तिम्रो मायामा। अनि तिमी पनि अचम्मैको नाटक मञ्चनमा तल्लीन छौ प्रिय। थाहा पाएर पनि नपाएजस्तो गर्ने तिम्रो बानीले मलाई झन् पागल बनाएको छ। म पागल बन्दा थाहा नपाएजस्तो गर्छौँ। तिम्रो याद आउँदा भक्कानिएर कागजका पानाहरूमा बिस्फोट हुने गर्छु।
जब म मायामा पागल हुन खोज्छु, यस्तो लाग्छ तिमी मसँग दूरको नाटक खेल्छौँ। अनि जब तिमी मसँग नजिकिने प्रयास गर्छौँ, म दूरको नाटक खेल्छु। तिमी र म दूरको नाटक मञ्चन गरिरहँदा मलाई तिम्रो विगतको यादले छातीमा पीडा दिन्छ प्रिय।
अरुको भविष्यमाथि मेरो कुनै अधिकार त छैन। बिना परिचयको त्यो वातचित कसरी प्रेमको प्रगाढ छहारीमा सैर गर्न सक्छ? थाहा होस् पनि कसरी तिमी तिम्रो संसारमा छौ, म मेरो संसारमा छु। म पागल बन्दैछु तिम्रो प्रेममा। आजभोलि भन्दा भन्दै म पागलको महापागल बन्दैछु। थाहा छैन म कसरी डुबे तिम्रो मायामा? प्रश्नभित्र म तिमीलाई खोज्ने गर्छु।
अचेल म निःशब्द रहन चाहन्छु। पाँच महिना भइसकेको छ उसले मलाई छोडेको। उसको लागि म पागल भएको। उसलाई सम्झेर रातदिन आँसु बगाएको। ऊबिना बाँच्न सक्दिनँ कि भएको। आफ्नो आत्मसम्मानलाई गिराएर उसको साथ र मायाको भिख मागेको।
तर उसलाई केही फरक नै परेन। ऊ त गयो कोही अरुको साथमा। खुसी पनि रह्यो। मसँग गरेका वाचाहरू ऊसँग पनि गर्यो। ऊ त आफ्नो जिन्दगीमा अघि बढ्यो। सायद म मरेको भए पनि उसको मनमा कुनै घाउ लाग्ने थिएन होला। कसैको लासमाथि टेकेर उसले आफ्नो जिन्दगी जिएको छ, उसलाई आभास पनि हुने थिएन होला। त्यो प्रेम यतिबेला कहाँ गयो? सोध्न मन थियो तर अब सोध्न पनि उचित लागेन!
मान्छेहरू भन्छन्, जुनसुकै गहिरो घाउ पनि समयसँगै पुरिँदै जन्छ। हुन त हो, जतिसुकै गहिरो घाउ पनि समयसँगै पुरिँदै जाँदो रहेछ तर त्यो घाउको दाग जिन्दगीभरि पुरिँदैन रहेछ। आज पाँच महिना भइसक्यो उसले मेरो जिन्दगीमा गहिरो घाउ दिएर गएको। घाउ त पुरियो तर दाग भने मेटाउन सकेको छैन। उसको अझै पनि याद आउँछ। मनको कुनै कुनाले अझै पनि उसलाई माया गर्छ।
घाउ भरिएर दाग रहे पनि म खुसी छु। उसलाई अझै पनि माया गर्छु। तर यादसँग भाग्ने कोसिस गर्नु भनेको घाउलाई कोट्याइरहनु जस्तो रहेछ। ऊ गइसक्यो। अब ऊ फर्केर आउँदैन। मेरो रुवाइ, मेरो पीडाले उसलाई केही फरक पर्दैन भनेर स्वीकार नगर्नु घाउलाई कोट्याइरहनु जस्तो रहेछ।
अझै पनि सोच्छु, उसले आएर भनोस्, 'म तिमीलाई अझै माया गर्छु।' तर ऊ त गइसक्यो। कोही अरुसँग। म मरेको बाँचेको उसलाई कुनै आभास नै छैन। एउटा निर्दोश मनलाई मारेको उसलाई कुनै ज्ञात ने छैन।
एउटै कुरा भन्छु कसरी धोकेवाजहरूले धोका दिन्छन् त्यतिबेला तिमीले बुझ्नेछौँ पश्चातापको भुँवरीमा तिमी जल्दा, अनि जब तिमी मलाई सम्झनेछौँ ढिला भइसकेको हुनेछ। मेरो याद त कुनै जमानाको कथा बन्नेछ प्रिय। ड्रगको सेलहरूको सहारामा तिमीले जीवन बिताउने प्रयास गर्नेछौँ जब म त्यहाँ हुनेछैन। सेन्टिमेन्टल गीतले तिम्रो मोबाइल सेट अनि कम्प्युटरको हार्ड डिस्कहरू भरिनेछ। समाजले तिमीलाई पागलको उपनामले बोलाउनेछ जसरी आज म खेप्न विवश छु यो उपनाम।
आज बढो हिम्मतसाथ यी शब्द कोर्दैछु। थाहा छैन अब तिम्रो र मेरो भेट होला नहोला। भेट नभए यसै सकियो। तिम्रो जीवनमा सायद बितेको पाना हुँ म।
तर मेरो जीवनमा सधैं याद बनि आउने मिठो सम्झना हौ तिमी। थाहा छ धेरै बोल्छु, धेरै कराउँछु, सायद बिना कुरामा झगडा मात्र गर्छु। तर जे छु, जस्तो छु, तिम्रोसामु छु। त्यसैले त होला, तिमीसँग नजिक छु।
अरू त खै के भनूँ प्रिय, जिन्दगी फलोस्, सुखी रहनू, खुसी हुनू, अनि कुनै चिन्ता नगर्नू, तिमीप्रतिको मेरो मायामा कुनै गिरावट आएको छैन।
मैले तिमी, तिम्रा सम्झनाहरू र स्पर्शहरू रत्तिभर बिर्सिएको छैन। अनि खाएका कसम र गरेका वाचाहरू पनि तोडेको छैन, कमसेकम तिमीले तोडे पनि। अनि तिमीप्रति त्यति धेरै गुनासो पनि छैन, न त रिस नै। तिमीले बिर्सिए पनि मैले त मुटुभरि संगालेर राखेको छु, हाम्रो माया अनि मस्तिष्कमा सम्झनाहरू।
बरू कुनै दिन आवश्यक परे माग्नु साथ, सहयोग अनि अतीतका सम्झनाहरू। बिनाधितो, बिनाशुल्क दिउँला जति माग्छौँ त्यति नै। बरू आफ्नो ख्याल गर। तिम्रीप्रतिको मेरो प्रेम त निश्चल, अविरल बगिरहेकै छ। सगरमाथा झैं अटल छ। अनि वसन्तमा बुकी फुलेझैं बाह्रैमास फुलिरहेको छ। किनकी म पनि शिशिर योगीझैं भन्छु ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ तर तिम्रो हातले मेरो सिउँदो पनि भर्न पाए सुनमा सुगन्ध हुन्थ्यो भन्ने मात्र हो।
तर फेरि म आज पनि ती दिनमा फर्कन चाहन्छु जहाँ म तिम्रो साथमा हराएकी हुन्थें। प्रश्न गर्नु त गलत नै हुन्छ तर के तिमी मलाई आफ्नो छातीमा टाँसेर राख्छौ? त्यसरी नै जसरी तिम्रो अधिकारले दिएको छ। जसरी तिमीले मलाई पहिले राख्ने गर्थ्यौ। जसरी म निदाउँथें अनि तिमी मलाई चुम्थ्यौँ। म त्यही दिन आज पनि चाहन्छु। म मेरो कान्छुको साथ चाहन्छु।