मेरा लागि हरबार शनिबार हुन्
किनकी म
वर्षौंदेखि हरेक बार उहीँ सिरानीमा
आफ्नै कयौं पूरा नभएको
आफैंमा अधुरो रहेको
सपनाको थकान मेटाउन
शनिबार बिदा बसेर झैँ
सदा आराम गरिरहेको छु।
असफल हुने पीरले भनौं
कि सफल हुने जोशले
थाहा छैन
एउटा ठोस परिणाम निकाल्न नसक्दा
आफैंमा
आजभोलि अन्योल सिर्जना भएको छ
तर पनि म
आफ्नो यात्रामा यात्री बन्दै
गन्तव्यसम्मको सारथी बन्दै
आफैंलाई दिएर हौसला
कहिलै हार नमानी
जिन्दगीको पानामा
आफ्नो नाम लेखाउन
जसरी सुकिलो भएर शनिबार
फेर्छन् सिरानीले आफ्नो खोल
हो त्यसरी नै
म आफ्नो खोल फेर्न खोजिरहेको छु
हर बार
जिन्दगीसँग गर्दै वार कि पार।