जात भित्र कैदी नबनाऊ
संस्कृति भित्र नचलाऊ
भूगोल भित्र नबाँध कसैलाई
केवल उसलाई मान्छे भनी बोलाऊ
हे ईश्वर!
मान्छेलाई जनवारभन्दा उच्च बनाऊ।
आकाशबाट देश बनाउन कोही आउँदैन
बेमौसमको फलले जीवन अब चल्दैन
लिभ-वन-आउट विश्लेषणले देश अब धान्दैन
मोडेल टेस्टिङमै देश सकिन्छ बरु
गुलिया सपनाले यहाँ गरिबी चुलो बल्दैन।
हेर त, फाटेको दौरा भित्र
भोकाएको पेटले खान माग्दैछ
यहाँ, केवल वीरबलको खिचडी पाक्दैछ
विकृती र वैमनस्यताले
मान्छे आ-आफै टाढा भाग्दैछ
फोस्रो आदर्शले मात्र
जीवन कहाँ चल्छ र,
विकास हिँड्ने बाटा
बाक्लो तुहिलोले ढाक्दैछ
आज किन
मान्छेको अस्मिता झुक्दैछ?
बस् देशले अब
शिर ठडिएको
स्वाभिमानी मान्छे माग्दैछ।