वृत्त आकारमा घुमिरहेको जिन्दगीका कुरा खै कसलाई सुनाऊँ, मेरा मनका भावनाहरू।
बाहिरबाट सबैले मेरो जीवन ठीकठीकै चलेजस्तो देख्छन्। अरूले भन्दा जिन्दगी मेरो जस्तो होस् भनी चाहन्छन्। अचानोको पीर खुकुरीलाई के थाहा भनेझैं दुनियाँलाई के थाहा मेरो मनको पीर।
तिमीले सोच्यौ होला- म कस्तो निष्ठुरी रहेछु। यतिका वर्षसम्म पनि सम्बन्धमा बसेर कसरी बिर्सिन सकेको होला भनी, तर के गर्नु! सम्झनाका भावहरू धमिलिँदै गएपछि मैले पनि बिर्सेको जस्तो गर्न बाध्य भएँ।
अहिले म कस्तो अवस्थामा बाँचिरहेको छु, त्यो मलाई मात्र थाहा छ। तिमीले त अर्कैकाे हात समाइसक्याै तर मैले दिउँसै सपना देखिरहेकाे छु। मलाई राम्राेसँग थाहा छ प्रिय अब तिमी मेराे बन्दैनाै। हामी एक बन्नेछाैं त याद र सम्झनामा मात्र।
तिमीले मलाई छोडेको दिन अझै याद छ। त्यो दिन सम्झिँदा सायद जिउँदै मरेकाे जस्ताे भान हुन्छ। आधा खुसी, आधा बेखुसी प्रेम भन्नु नै संसारको सबभन्दा ठूलो भ्रम रहेछ। मलाई याे प्रेमले डुबायो, नराम्रोसँग डुबायो।
कहाँबाट सुरू गराैं, तीन वर्षसम्मकाे प्रेम सम्बन्ध जब छुट्टिन १ सेकेन्ड लागेन।
कस्ताे भुलेँ म पनि मंसिर आउँदै थियाे सपनाहरू मनमा सजिएका थिए, अब त हाम्राे नि बिहे भइहाल्छ भनेर तर याे साेच त गलत पाे हुन पुग्याे। आज बिहानै निद्रा खुल्याे, हतार हतारमा उठेँ।
उठ्ने बित्तिकै फाेन चलाउने बानी मेराे आज पनि चलाए र कहिले मेसेजकाे घन्टी नबज्ने आज मेराे मेसेन्जरमा मेसेजहरूकाे ओइराे नै लागेकाे थियाे। जहाँ बधाइ छ भनेर मेसेजहरू आएका थिए, तर मलाइ के-काे बधाइ याे थाहा थिएन।
तर जब थाहा पाए आफ्नै प्रेमिकाे बिहे पाे भएछ। बधाइ त उसलाइ दिनुपर्ने हाे तर मलाई आयाे। एकछिन त झसङ्ग भए उसले याे सब कसरी गर्न सक्याे भनेर! जब मलाई विश्वास नै लागिरहेकाे थिएन। फेरी मेराे माेबाईलमा अर्काे घन्टि बज्याे झट्ट हेर्छुत उसकाे दाइकाे मेसेज थियाे।
कहिले काँही हाम्राे कुरा भइरहन्थ्याे तर आज एक्कासि उसले पनि आफ्नाे भाइकाे बिहे भएकाे फाेटाे पठायाे। त्याे देख्दा कसरी विश्वास नगर्नु छागाबाट झरे जस्तै भयाे। तर उ मेराे फेसबुकमा ब्लक थियाे विहे भएकाे सुनेपछि उसलाई हेर्न खाेजे तर फेसबुक प्राेफाईल लक थियाे।
उसकाे साथि सर्कलहरूले फेसबुक वाल भरी विहेका पाेस्ट र शुभकामना भनेर ट्याग गरेकाे देखे। फाेटाेमा त निकै खुसि देखिन्थ्याे उ। तर यता मलाई बाच्नु न मर्नु भइसकेकाे थियाे। त्यो दिन मैले आफ्नो ज्यान आफैं लिन खोजेको थिएँ, तर सकिनँ। तिमीलाई बिर्सिनु त आफ्नो ज्यान लिनुभन्दा पनि कठिन रहेछ।
सबै यादहरू ताजा भएर आउँदैछन् उसलाई धेरै प्रश्न गर्न मन त थियाे तर अब सकिँदैन। जसाेतसाे उसलाई एउटा मात्र कुरा त भन्छु तिम्राे फाेनमा भएकाे मेराे तस्विरहरू छन् की डिलिट गर्याैँ? यदी छन् भने त्याे तस्विरसँगै यादहरू नि फिर्ता पठाइदिनु प्रिय।
एकान्तमा गएर रून मन लागेकाे छ, कहाँ गएर दुःख पाेखाैँ तिम्राे अंगालाेमा रून मन थियाे। अब याे सम्भव छैन। तिमी जसकाे अंगालाेमा छाैँ अब खुसि हुनु प्रिय मान्छे। याे जुनिकाे त आँसा मरिसक्याे अब अर्काे जुनिकाे आँसा खै कसरि पाे गर्नु।
कुनै समय याद आयाे भने फाेन गर है उहीँ पुरानाे नम्बर छ जसमा फुच्चु भनेर सेभ गरेका थियाैँ। तिमी जस्ताे कहाँ बन्न सक्थे र म, मैले त जानेकै माया गर्न हाे तिमी जस्ताे धाेका दिन जानिन्। हुन त जिन्दगी भनेको यस्तै हुन्छ क्यारे! जिन्दगीमा जे नहोस् भन्थेँ, त्यही भयो। जसलाई गुमाउन नपरोस् भन्थेँ, उसैलाई गुमाउनुपर्यो। जसको लागि बाँचेको थिएँ, उसैले मर्न बाध्य बनाएर गयाे। जसलाई विश्वास गरेको थिएँ, उसैले विश्वासघात गरेर गयाे। प्रेम, सम्बन्ध, माया सबै भन्नु यस्तै रहेछ।
फेरी पनि नवविवाहित जोडीलाई शुभ-आशीर्वादसँगै बधाई छ मेरो!