मलाई विश्वास नगर्नु म चोर हुँ
मैले तिम्रा सपनाहरू चोरेको छु
तिमीले आफ्नो भनेका यादहरू
मैले हरपल मेरो निम्ति चोरेको छु
तिमीले साटेका स्वप्निल विश्वासहरू
मैले हरपल तिमीबाट चोरेको छु
तिम्रा हरेक सम्बन्धको विश्वास
मैले सदैव तिमीबाट चोरेको छु
म चोर हुँ आफ्नैहरूको चोर
मैले जीवनको आधारहरू भित्र
हरेकका प्रयासहरूबाट चोरेको छु
म मात्र चोर हुँ आफ्नैहरूको चोर
मैले हरेकपटक तिम्रा आखाँहरू
आफ्नो लागि मात्रै भनेर चोरेको छु
तिम्रा हरेक सम्बन्धका आस्थाहरू
आफ्नै मात्र मानेर त्यसैमा बाचेको छु
मैले जीवनको धेरैपटक तिमीलाई
आफ्नै हो भनेर सम्बन्ध चोरेको छु
तिम्रा सपनाहरू चोरेर बुनेको छु
म मात्र तिम्रो सम्बन्धको चोर हुँ
मैले तिम्रा हरेक आभाषहरूमा
नयाँ जीवनको दर्पण चोरेको छु
तिम्रो मुस्कानलाई मेरा आखाँहरूमा
दृष्टि बनाएर आकांक्षामा चोरेको छु
तिम्रा हरेक हाँसोहरूमा मैले
जीवनका आधारहरू चोरेको छु
तिमी धेरै टाढा भए पनि मैले
जीवनका आशाहरू चोरेको छु
तिम्रा हरेक आँशुहरूमा मैले
जीवनको विश्वास बुझेको छु
हरेक सम्बन्धको अर्थ बुझेको छु
यसैबाट जीउने प्रयासहरू चोरेको छु
यसर्थमा म चोर हुँ मात्र तिम्रो चोर।