कविता
मध्यराति
सबैजना निन्द्रामा भएको बेलामा
भूकम्पले हल्लाइदियो
एकाएक घरहरू गर्ल्याम गुर्लुम ढले
कैंयनले ज्यान गुमाए
कैंयन अंगभंग भए
कैंयन पुरिए त्यही भत्किएको घरभित्र
भूकम्पले
त्यसबेला चिनेन कसैलाई
न कसैको पार्टी चिन्यो
न कसैको धर्म चिन्यो
न कसैको जात चिन्यो
न बच्चा भन्यो
न युवा भन्यो
न वृद्ध भन्यो
सबैलाई त्राही त्राही बनायो
तर
एकहुल जमात
राहतको नाममा राजनीति गर्न पुगे घटनास्थलमा
अनि
छुट्टाइदिए एक आपसमा पीडितहरूलाई
र लगाइदिए निधारमा टीका
फलानो पार्टी
फलानो पार्टी
फलानो पार्टी