कविता
रून्नँ भन्छु आफैंसँग आइदिन्छन् आँसुहरू
सम्झिन्नँ भन्छु निष्ठुरीलाई आइरहन्छ यादहरू
कस्तो गाढा माया बस्यो बिर्सनलाई साह्रो भयो।
कति सम्झाउनु मनलाई घरिघरि सम्झिरहन्छ
कता भुलाउनु आँखाहरू घरिघरि टोलाइरहन्छ
कस्तो गाढा माया बस्यो बिर्सनलाई साह्रो भयो।
कसरी पो भुल्ने होला मीठा ती सपनाहरू
कसरी पो पूरा गर्नु अधुरा ती कल्पनाहरू
कस्तो गाढा माया बस्यो बिर्सनलाई साह्रो भयो।
छोड्नु थियो फेरि पनि लगायौ बिघ्न माया किन
बिर्सनु थियो फेरि पनि बस्यौ मनमा धेरै किन
कस्तो गाढा माया बस्यो बिर्सनलाई साह्रो भयो।
कहाँ राखूँ सम्झनाका ती पलहरू मनभित्र
सपनाहरू डढाएर कल्पनामा रम्न पाए
कस्तो गाढा माया बस्यो बिर्सनलाई साह्रो भयो।
घरि घरि दुखिरहन्छ आफ्नै निम्ति एउटा कथा
घरि घरि बल्झिरहन्छ आफ्नै निम्ति एउटा ब्यथा
कस्तो गाढा माया बस्यो बिर्सनलाई साह्रो भयो।
हेरिरहन्छु बाटाहरू आइदिन्छन् कि तिमी बनि
कुरिरहन्छु ऋतुहरू बनिदिन्छन् कि तिमी भनि
कस्तो गाढा माया बस्यो बिर्सनलाई साह्रो भयो।
आखाँहरू घरिघरि झुक्किई रहन्छन् जुन सँग
मन मेरो घरिघरि झुक्किई रहन्छन् हावासँग
कस्तो गाढा माया बस्यो बिर्सनलाई साह्रो भयो।
सम्झनाको ती पलहरूलाई मनमा लुकाएर राखेँ
तिमी आउने आशामा आफैंलाई जोगाएर राखेँ