कविता
ट्रेलर ‘झकास’ भने पनि
सिनेमा ‘बकवास’ हुने भो
भाषण त चर्कै थियो
तर आफ्नालाई
जोगाउनु त धर्मै हुने भै’गो
सिनेमा,
‘गज्जब’ हुने आश गर्नु
दर्शक कै भूल भो!
निर्माता तिनै
तिनै हुन् कलाकार
निर्देशक उनै
कथा पटकथा पुरानै
पार्दैमा केही संवाद चर्को
कसरी ले’ला र
सिनेमाले धार अर्को?
पत्यारै नलागे पनि
कुनै कुनामा
पलाउने आश थियो
‘टुसा परिवर्तनको’
गर्भमै ओइलायो।
नेता तस्कर हो कि
तस्कर नेता भा’को
छुट्याउने अब कसले हो?