कविता
सुन मान्छेसँग संगत गरेर!
पित्तल हुनु छैन मलाई।
फलाम मान्छेसँग संगत गरेर।
खेतीमा क्रान्ति गर्नुछ मलाई।
तल्लाे जात भनेर हेपिएकासँग संगत गरेर।
औजार बनाउन र बन्नु छ मलाई।
फूलरूपी मान्छेसँग संगत गरेर!
सुगन्ध बास्ना रूपी ज्ञान लिनुछ मलाई।
अवैध धन, कालो धन आर्जन गरेर!
सपना र रहरहरू पूरा गर्नु छैन मलाई।
दुई नम्बरी धन कमाएर,तडक भडक गरेर!
याे समाजमा आतंक फैलाउनु छैन मलाई।
बरू दिन दुखीहरूकाे सेवामा!
दिन दस गुणा,रात चाैगुणा जसरी लाग्नुछ मलाई!
अज्ञानी, पटमूर्ख र लम्पटहरूकाे
मनकाे आँखा खाेल्नु छ मलाई।
मेरो आफ्नै, बेग्लै दुनियाँ र संसार छ।
त्यसैमा रमाउन र सजाउनु छ मलाई!
आफ्नै पाैरख र पाखुरीले आर्जेकाे गाँसकाे
आनन्द र स्वाद उठाउनु छ मलाई।
भ्रष्ट र भ्रष्टाचारीहरूकाे ज्यू हजुरी गरेर!
आफैंलाई अपवित्र बनाउनु छैन मलाई।
सुन मान्छेहरूकाे संगत गरेर!
पित्तल हुनु छैन मलाई! पित्तल हुनु छैन मलाई!