कविता
रङमा के लेखम् र कविता
लेखेको कथाले रङ बोक्दैन र पो
मलाई त मन छ रजस्वला अनि प्रसव पीडाको कथा लेख्न।
त्यो रातो रङको कविता होला।
फुंग उडेको बा को अनुहारको रङ कुन होला?
पहेँलो?
निलो?
हरियो?
कि कालो हो??
होइन बा को कथाको रङ त बा रङ हो।
ए कवि! फूलबारीको रङको कविता हुन्न?
हुन्छ नि।
उसो भा लेखन त?
म भ्याउदिनँ लेख्न अहिले फूलको रङको कविता।
मलाई त रङ विहीन रङको कविता लेख्नु छ।
दौडधुपमा फाटेको तने चप्पलको रङ लेख्नु छ।
काट्न नभ्याएको ठुसा दाह्रीको रङ पोत्नु छ।
छ बाँकी अनि रहरहरूको रङ लेख्नु छ।
पहाडीयाको रहरको रङ।
हिमालीको रहरको रङ।
तराईबासीको रहरको रङ।
र अन्तिम भयंकर सत्यको कविता रङ्गाउनु छ रङले नै।
त्यो काल रङ हो।
मात्र काल रङ।।