सोध्यौ कस्तो छ भनी भने चल्दै छ जिन्दगी
भन्न भा छैन भित्रभित्रै जल्दै छ जिन्दगी
खै के भयो आजभोलि थाहा छैन आफैलाई
हरेक पाइला पाइलामा, ढल्दै छ मेरो जिन्दगी
ओइली झर्ने फूलजस्तै छ जिन्दगी
दिन बित्दा कालले डस्दै छ जिन्दगी
बाँचुञ्जेल दु:ख सुख साथ नै छ जिन्दगी
झर्दा आँसु सँगै खस्दै छ जिन्दगी
भट्टी पस्दा दिन बितेको पत्तो छैन
पिउनेको लागि मस्तै छ जिन्दगी
पैसामा नै बेचिएका छौं हामी त
किन्नेलाई हाम्रो सस्तै छ जिन्दगी
दिन बित्दै छ समय चल्दै छ यस्तै छ मेरो जिन्दगी