लागेपछि भेरीजस्तै कञ्चन सपनाको तिर्खा
बेचेर बाको लाज ढाकिएको लँगौटी
दलाल गिद्धको पुच्छरमा बाँधेर ‘म’ हुनुको स्वाभिमान
राष्ट्रियताको गीत गाइरहेको नक्कली शरणार्थी हुँ म
खबरदार
मेरो जूनघाम बेच्नेहरू खबरदार
छोडेर खबरदारी सभाको गर्विलो मञ्च
किन आकाशिएँ म आकशेमेली जस्तै ठगीको लहरो
तस्करीको सरकारी पसलमा बुझाएर आमाको चोली
पोखेको थिए मुस्कान ओठहरूमा मुसुक्क
आहा! क्या गजब मेरो मातृप्रेम
ढुक्क थियो मजस्तै मेरो इश्वर
खुल्नेछ स्वर्गको द्वार
पुग्नेछु म सजिलै स्वर्गको बगैँचा
टिप्नेछु सुगन्धित फूल
सिउँरनेछु प्रियाको सिउँदोभरि
फिर्ता ल्याउनेछु
दलालको कोटमा आफैं राखिदिएको आमाको अस्मिता
कहिल्यै केही नहुने देशमा
खै के भयो-भयो
एक्कासी बिजुली चम्कियो
चट्याङ खस्यो
खरानी भयो मेरो सपना
छि: छि:
बेचेर आमाको लाज ढाक्ने धोती
शरणार्थी बन्न कस्सिएको म
कसरी पढूँला कविहरूको लाममा उभिएर पहिलेजस्तै
दलालहरू विरूद्धको सुन्दर कविता।