समृद्धिको गीत गाएर
अनगिन्तीको अट्टालिका अग्लियो
समानताको दुन्दुभि बजाएर
असङ्ख्यको भौतिक सम्पत्ति जोडियो
किन्तु
ढलेनन् विभेदका पर्खाल
जलेनन् सहकालका पानस
फलेनन् पौरखका बाला
दुष्कृति र अनाचारविरुद्ध
विसङ्गति व्यभिचारविरुद्ध
समृद्धिको पङ्ख फिँजाएर
अब कोर्नुछ
एउटा ‘रोडम्याप’
जहाँ बालुवा मनहरू
क्रमशः आकार लिँदै
ज्योतिस्तम्भ बनेर
संसारभर उज्यालो छर्न सकून्।