कहिलेकाहीँ हराएको मानिस भेटिन्छ
कहिलेकाहीँ राख्दै गर्दा भुलेको
रूपैयाँ पैसा भेटिन्छ
कहिलेकाहीँ
हिँड्दा बटुवाले खसाएको रूमाल भेटिन्छ
कसैले छुटेका प्रेमिका भेट्छन्
कतिले हराएको प्यार भेट्छन्
कहिले के भेटिन्छ
कहिले के देखिन्छ
मान्छेपिच्छे फरक
कसैले के छोड्छ
कसले के भेट्छ
फरक यत्ति न हो
मैले त हराएको सपना भेटें
बाटोमा हिँड्दा हिँड्दै
अल्झिएर ठेस लाग्दा
ऐया भन्दाभन्दै
हाँसु या रूनु हुँदा
अरूले देख्लान् कि भन्दै सम्हालिँदै रन्थनिएको बेला
यताउति हेर्दै मुस्कुराउँदा आफैंसँग
एक सुरमा हिँडिरहेको बेला
हिँड्दै गरेको बटुवासँग टाउको ठोक्किँदा
निधार छाम्दै आफ्नो आफ्नो
ओहो नि!
भन्दै गन्तव्यतिर लाग्दा
यस्तै-यस्तै बेला
भेटिन्छन् हराएका सपनाहरू
मन कहाँ कहाँ डुलेको बेला
अकस्मात ब्युँझन्छन् सपनाहरू
कहिलेकाहीँ होसले सम्हालिन नसकेको बेला
बैहोसीले सम्हाल्दै-सम्हाल्दै लान्छ
हराएको गन्तव्यमा आफैं आफैं पुरर्याइछोड्छ
त्यसैले हरेस नखाऊ
बरू चरेस भन्दा रैछन्
बहोसीले कहिलेकाहीँ पर्दा खोल्दा
झुल्केको घाम
त्यो डाँडापाखासँगै
खुलेको चंगा मन
बादलमाथि फाटेको आकाश झैं
रमाइलो र घमाइलो!