भग्नावशेष भएका घर जस्तै सपनाहरू
कतै टाढा उडिरहेको चरा जस्तै सोचहरू
भित्तामा कुँदिएका चित्रहरू
शालिकहरूको शालिन मौनता
स्तब्ध भएका मेरा चाहनाहरू
यी सबै चिजहरू उस्तै छन्
रङ उडेका वसन्त ऋतु जस्तै
बाध्यताका चाङहरू यसरी थुप्रो परे
मानौं ती बाध्यताहरू मृत्युपर्यन्त हुन्
आकाश जस्तै
धर्ती जस्तै
पानी जस्तै अपरिहार्य
देखेका सपनाहरू उहाँ पर विदेशमा छन्
सुनेको छु उता कफिन पनि तयार छन्
राहदानी बोकेर रोजगारी खोज्दा
परिवार बेघरबार भएको तितो अनुभव छ
त्यही विदेशको पैसाको बिउले
स्वदेशमै सुन फलाउने मन छ।