आयौँ तिमी चिसोको साथ छाडेर
जानेछौ तिमी हर्ष उल्लास यतै बाँडेर
समय नै कस्तो राम्रो हे तिमी वसन्त
मिल्ने भए सधैँ बस समय छ अनन्त।
तिमीसँगै आए ती फूलका बास्ना हरर
रुखमा नि हेर खुसी पूरा भएछ नयाँ जीवनको रहर
प्रकृति पनि यही समय आफ्नो पहिरन फेर्दैछ
अहिले हिमालले पनि तुँवालोपर्दा उघारेर आफूलाई नै हेर्दैछ।
खेतबारी पनि अब तयार हुन जुटेका छन्
मौरी पनि रस चाख्न फूल-फूल बसेका छन्
सुगा रमाउँदै छ हरियोमा आफू हरायो भनेर
लिची र आँपलाई फुर्सद छैन रे आफ्ना कोपिला गनेर।
वन-जङ्गल सुसाएर संगीत धुन बनाउँछन्
कोहिली चरी स्वर थपी आफ्नै गीत गुनगुनाउँछन्
ढुकुर पनि आफ्नो जोडी विभिन्न ठाउँ गुमाउँछ
पारिजात फूल बास्ना टाढा-टाढा पुर्याउँछ।
आयौँ तिमी रात जिती बिहानी आए झैं
तिमीसँगको दुई महिने बसाइँले के पुग्थ्यो खै
अर्कोपालि आउँदा झनै थपिने छ तिमीमाथि आश
यसपालिलाई बिर्साउन के ल्याउँछौ त खास?