आफैंलाई सोधिने अनेकौं प्रश्नहरूबीच
एउटा प्रश्न सधैं अनुत्तरित रहन्छ
म को हुँ?
यो प्रश्नले सायद मलाई घचघच्याइरहन्छ
जीवन परन्तसम्म
हिजो, आज, भोलि र अनन्तसम्म
हुन त यो प्रश्न जति पटक सोधिन्छ
अन्तर्यमा पुगेर उति नै पटक
उत्तर पनि खोजिन्छ
तर सधैं अनुत्तरित, सधैं शून्य!
लाग्छ हरेक पटक अनुत्तरित भएर
मेरो जीवन संघर्ष सायद यसरी नै लिलाम हुनेछ
शून्यतमा
म चितामा निश्वास जिन्दगीका साक्षी भएको बेला
अझै पनि यो प्रश्न
अनुत्तरित नै रहनेछ
कालजयी भएर
यथावत भैदिनेछ
म को हुँ? म को हुँ?