घडीले समय बिगार्यो
डोजरले बाटो बिगार्यो
साथीले साथी बिगार्यो
प्रेमले प्रेम बिगार्यो
आफन्तले सम्बन्ध बिगार्यो
कर्मचारीले कर्म बिगार्यो
राजनीतिले राज्य बिगार्यो
स्वतन्त्रले स्वतन्त्र बिग्रायो
बेरोजगारीले बेरोजगार बिगार्यो
देशले नक्सा बिगार्यो
पैसाले मान्छे बिगार्यो
स्कुलले स्कुले बिगार्यो
प्राध्यापकले विश्वविद्यालय बिगार्यो
शिक्षाले शिक्षा बिगार्यो
इच्छुकले इच्छा बिगार्यो
न्यायाधीशले न्याय बिगार्यो
पत्रकारले समाचार बिगार्यो
बिगारेकै कुरा देख्नाले
मेरो मन बिगार्यो
मजस्तै युवाहरू बिगार्यो
अनि सिंगो देशलाई बिगार्यो
त्यसैले
कसले के-के बिगार्यो
यादै रहेन किनकि
यति धेरै बिगार्यो
केही नबिगार्नेले पनि सबथोक बिगार्यो
बलकि
नबिर्गानुकै कारण भविष्य बिगार्यो
बिगार्नु भनेको सपार्न नसक्नु होइन
बिगार्नु भनेको सबथोक गुमाउनु होइन
बिगार्नु भनेको फेरि बनाउन नसक्नु होइन
बिगार्नेले नै आखिर सपार्ने हो, बनाउने हो।
जस्तै कि डोजरले बाटो बिगार्यो
र पो, सडक बनायो
घडीले समय बिगार्यो
र पो सप्रिन पायो
पैसाले मान्छे बिगार्यो
र पो मान्छेले पैसा कमाउन चाह्यो
निजी स्कुलले सरकारी स्कुल बिगार्यो
र पो सरकारले सरकारी स्कुल सपार्न चाह्यो
तर,
शिक्षाले शिक्षा बिगार्यो
अनि सपार्नै नसक्दा
युवाले देशमै बस्ने इच्छा बिगार्यो
बालबालिकाले आफ्नो लक्ष्य बिगार्यो
र पो आज खाडीमा भेटौँला भन्दै
आफ्नो यर्थाथ भाग्य आफैले लेखायो।