कविता
पाक्दा पाक्दैको फल झरेपछि
प्रेमिकाले अन्त्यै बिहे गरेपछि
यो मनमा धेरै धेरै चिरा पर्यो
थाहै नपाइ कतिकति आँसु झर्यो
लागिरहन्थ्यो सधैँ सँगै घुम्न जाऊँ
मजा गर्दै बसेका ती एकान्त ठाउँ
आज हेर कति साह्रो उराठ लाग्ने
सारा खुसी लगि गयौ कसरी माग्ने
सुटुक्क फोन गरी बोलाउथे भेट्न
तिम्रो मेरो माया मह बनाई फेट्न
सधैं हुन्थ्यौं अंगालोमा अब हेर छैनौं
माया मेरी कसरी भनूँ तिमी मेरो हैनौं
छातीमा ढल्किरहन्थ्यौ प्रेमगीत सुन्दा
ओठको स्पर्शमा मोहक बास्ना सुङ्घ्दा
सहलाइरहन्थे केश राशी आज खालीखाली
सपनामा मात्रै सुन्छु तिम्रो मीठो बोली
रोइदिन्थ्यौ अलि टाढा अलिदिन जाँदा
टाँस्सिएर बसिरहन्थ्यौ होटलमा खाँदा
मेरो लागि अब कोही रोइदिने छैन
तिमीसँगै उडिगयो आनन्द र चैन