मौन छ मन
शून्य छ मस्तिष्क
शान्त छ हृदय
त्यसैले त
मुर्दा भएको छ शरीर!
सदियौँदेखि
सुक्दैछन् भरोसाका रुखहरू
छुटेका छन् आशाका पातहरू
ओइलिएर झर्दैछन् न्यायका फूलहरू।
नांगो बनाउन
अझ नांगो हुन
तल्लीन छन्
मै हुँ भन्ने समाजका बुद्धिजीवीहरू
चेतनाका धज्जी उडाउन माहिर हुँदैछन्
खोक्रो शिक्षाको खोस्टो लिने शिक्षित वर्गहरू
पक्ष र विपक्ष छुट्टिएर
निच शब्दको हतियार चलाएर वाक युद्धमा तल्लीन छन्
सिर्जनशील युवा पुस्ताहरू
कठै मेरो देश
कठै मेरो न्यायालय
कठै मेरो समाज
कठै हामी!