म नमस्कार गर्छु
तिमी फर्काउँदैनौ
म नम्र निवेदन गर्छु
तिमी फिटिक्कै सुन्दैनौ
म घरीघरी
हप्तैभरि
धाई-धाई
चप्पल चुँडाइ
स्वस्ती गर्छु तिम्रो
तिमी हुन्छ भन्दैनौ
अहँ! मान्दै मान्दैनौ
कति निर्दयी
कति चाम्रो तिमी
सेवक हैनौ
मालिक हाम्रो तिमी
ए हाकिम साब!
के म पूर्वजन्मको पापले
यहाँ जन्मिएको छु र?
के म तिम्रो देशमा
भाडामा बसेको हुँ र?