चारैतिर आतंककारी
र दुस्मनबाट घेरिरहने मलाई
सेतो बस्त्रमा
गालामा स्टेथोस्कोप भिरेर
सुरक्षा चुनौती दिने
नाथे डाक्टर
के फरक पर्थ्यो र
बल्ल बल्ल अस्पताल पुर्याईएको
एक बिरामीको ज्यान जाँदा
फगत एक भोट सिवाए
बिथ्थामा मेरो कुर्वानीलाई
बिर्सिने
नाथेलाई अझ
रक्त्याम पार्नु पर्थ्यो
यो राष्ट्रको सिमा जोगाउन
मैले आफ्नो ज्यानको प्रवाह नगरी
विदेशीसँग खेलेको सिङ्ग्याउरी
भुल्ने
दुस्साहासीलाई
लाठी होईन बुटले भकुर्न पर्थ्यो
यो देशको समृद्धिका खातिर
देशका भ्रष्ट र दलाललाई तह लगाउन
मोलेको खतराबाट जोगाउन
प्रवन्ध गरेको सुरक्षामा
तगारो बन्ने
अबुझलाई
अझै गोलीले दाग्नु पर्थ्यो
के उसलाई थाहा थिएन र?
मेरो सुरक्षामा खतरा हुँदा
यो मुलुकको
माटो रोन्थ्यो
आकाश रून्थ्यो
जन जनको आस्था रून्थ्यो
विकास र समृद्धि रुन्थ्यो
त्यति पनि नबुझ्ने
घोसेलाई
लाठी मात्रको कारबाही
कम भएन र?