सडकले घरको
विद्यार्थीले शिक्षकको
बैंकले व्यापारीको
छोराले बा को
नेताले जनताको
नेतृत्वले कार्यकर्ताको
कर्मचारीले सेवाग्राहीको
करले करदाताको
कानुनले पीडितको
प्रेमिकाले प्रेमीको
विद्यालयले अभिभावकको
कृषिले किसानको
हुनेखानेले नहुनेको
धनीले गरिबको
ट्राफिकले ड्राइभरको
ड्राइभरले साहुको
सांसदले संसदको
बैमानीले इमानीको
मूर्खले विद्धानको
नैतिकताहीनले नैतिकवानको
समय, कमजोरी र अनुकूलता हेर्दै
एकले अर्कोको ढाड सेक्ने
तातो आलुको खेलजस्तै
समयको कुनै पावबन्दी नभए जसरी
ढाड सेक्ने खेल चलिरहेको छ
अनादिदेखि अनन्तसम्म!!