हे निन्द्रा! तेरो रिक्तता
बीचको तिक्ततामा
अविचलित यात्रा गरिरहेछु
लड्बडाउँदै छु
बर्बराउँदै छु
प्रश्न सोध्दै छु आफैलाई
म अर्थहीन हुँ कि
व्यर्थपनको उपज
अभागी हुँ कि
भयको सारथी
गुनासो मन र मगजलाई छ
तिमीहरू किन मिल्न नसकेको
एक भएर किन चल्न नसकेको
मन तेरो कम्पनले मगजमा तरङ्ग ल्याउँछ
बुनिँदै गरेका बुट्टेदार सपनाहरूलाई भताभुङ्ग तुल्याउँछ
हे निन्द्रा
तँसँग एउटा मात्र बिन्ती छ
यो दुवैको हितको निम्ति छ
रात तेरो बसमा पारिदे
दिन मेरो बसमा पारूँला।