उहाँ सोध्नुहुन्छ
यो के भयो?
म भन्छु
एकैछिन पख्नुस् त
ए ए तपाईंको त बर्बाद भयो
उहाँ भन्नुहुन्छ
मेरो त सबै बाली गयो
म भन्छु
तपाईंको बालीमा
भिटामिन कम
मल अलि बढी भयो
उहाँ फेरि भन्नुहुन्छ
लौ न सर
मेरो सबथोक गयो।
किरा र रोग
छुटाउन्न नै नसकिने
उहाँको बालीमा कस्तो रोग लायो?
उहाँ भन्नुहुन्छ सर मेरो बाली
सबै चराले खायो
म भन्छु हैन तपाईंको बालीमा
अनौठो रोग लायो।
उहाँ सोध्नुहुन्छ अब के गर्ने?
म भन्छु तपाईंले अब
कि विषादी कि मल छर्ने।
उहाँ मेरो बिरुवामा
के भयो सर भन्नुहुन्छ
आफूले हालेका भिटामिन र
विषादीका डिब्बा गन्नुहुन्छ
म भन्छु बिरुवाको त जरा सुकेछ
तपाईंले कसरी खन्नुहुन्छ?