पराईको टीका पखाल्नुहोस्
बन्द गर्नुस् आँखा
र हेर्नुस् आफैभित्रको म
गाढा अँध्यारो चिर्दैचिर्दै बलेको दागको आगो!
हर्नुहोस् त के देख्नुहुन्छ नेताजी
वास्तविकता कि यथार्थ?
नियत कि नियती?
चिन्ता कि चिन्तन?
नातावाद कि राष्ट्रवाद?
सपनाको उज्यालो कि विपनाको कालो परिवेश?
तपाईं कि त केही पनि देख्नुहुन्न
तर तपाईंले नदेखे पनि यहाँ धेरै छ!
अब देख्नुहोस्- सहविस्तार लेख्नुहोस्
म कर्तव्यनिष्ट हुँ
तपाईंले नदेखेको नेपाली
नगरिकता दिँदा नागरिकतामै सीमित हुन पुगेको
र सिमानाका लागि लडेर किनारमा खुम्चेको
तपाईंको एउटा मतदाता नेपाली!
केर्नुहोस् संविधानका धारा, नियम र ऐन
यहाँ अधिकार छ, यहाँ कर्तव्य छ
यहाँ समावेशी छ,यहाँ न्याय छ
खै कहाँ छ, कस्का लागि छ?
अब लेख्नुहोस्
यहाँ नतावाद छ, यहाँ कृपावाद छ
समावेशी परिवारका लागि हो
न्यायालय आफ्ना काण्ड गुपचुप गर्न हो
सरकार आफ्ना आसेपासे पाल्न हो
कृपया बन्द गर्नुहोस्
राष्ट्रिय सभा खाएका वाचा!
यहाँ जनता छ, यहाँ संघर्ष छ
यहाँ सहिदको रगत छ साधना छ
खरानीमा उठेको सर्वोच्च नेपाल छ
यहाँ छ नेपालीको गौरवपूर्ण अस्तित्व
र आजकाल यस देशको सम्पूर्ण अर्थतन्त्र र नेता पाल्ने हतियार- राहदानी
म कुनै विषयको विज्ञ होइन
केही सक्न, जान्न खोजिरहेछु, नेताजी
अन्तर उज्यालो दैत्य दिनहरूमा
शासकले देश लुटपाट गरेको देख्ने नागरिक
सक्नुहुन्छ?
साँच्चै नेता भएर राष्टलाई हाँक्न
देश हाँक्न त आफ्नै दिल सफा हुनुपर्छ पहिले
कुन प्रकारको नैतिकता छ तपाईंको जीवनमा
र कति छ क्षमता, बुद्धिविवेक तपाईंमा
हिमाललाई सेतो हिँउले नछोपी नदी बग्दैन
कसरी आश गर्लान् जनता
कसरी चौतर्फी विकास राष्ट्रमा
डर-त्रास लाग्छ
तपाईंको आचारको
तपाईंको कमाइ हो कि प्रायोजित?
नैतिकतामा फरकपन
दिलमा जनता राष्ट्रियता हुनुपर्छ माटाको
हिउँदेबालीको प्रभावको फल
वर्षायाममा सकिन्छ नेताजी
नत्र किन रगत बगाउथे पुर्खाले
तपाईंमा कति छ इच्छाशक्ति?
र कति छ अठोटको रुपान्तरण?
छ, छैन खुला मस्तिष्क
र मानवतापूर्ण दिल?
पासोमा पर्न सक्छ जिब्रो
मध्यसमयावदीमा काढिन सक्छ हुर्मत
अब सुन्नुहोस्, चल्नुहोस्
समयको वेगसँगै
गतिशील, निरन्तरता, इमानदारीता
हाँक्नुहोस् राष्ट्रियता शुभकामना!