केही मान्छेहरू छन्
जो वर्षौंदेखि चुपचाप छन्
छन् केही मान्छेहरू-
जो वर्षौंदेखि चिच्याइरहेकै छन्
केही मान्छेहरू यस्ता पनि छन्-
जो कहिले बेस्सरी कराउँछन्
र कहिले मौनता ओढेर निदाउँछन्
त्यसैले पनि होला-
अचेल बजारमा सबैभन्दा बढी भिडहरूको पूजा हुन्छ
शून्यताको प्रहसन हुन्छ
र, मान्छेहरू अभिनयमा व्यस्त देखिन्छन्।